Tuesday, August 17, 2010

टमाटर र रगत


टमाटर भन्दा रातो छ रगत।
बजारको भाउमा अहिले टमाटर भन्दा
रगत सस्तो भएको छ।

देख्छौं तिमी सड़कमा
नाराहरू छरपस्ट भएको।
नाराहरू रगतपच्छे भएको।

छरिएको टमाटर टिप्ला मान्छेले
तर पोखिएको रगत कसैले टिप्दैनन्।
एकक्षण उभिएर सोच्ने फुर्सत छैन।
लाग्दैन तिमीलाई अच्चम
न त लाग्छ मलाई।
हामी अभ्यस्त भैसक्यौ।

प्लास्टिकका खेलाउना भन्दा कम छैन
हाम्रो जीवन।
कम्प्युटरको कुनै प्रोगाम भन्दा
माथि छैन हाम्रो जीवन।।

3 comments:

Unknown said...

Really this is neither Irony nor Satire but this is the real view observed in our society. In the Realistic art, artist try to express whatever he/she found in the human society. Likewise poet Suchan Pradhan wrote such things which are always happening in our optimistic society.

Raja Puniani राजा पुनियानी said...

बेजोड़ कविता...
छोटो, छरितो मेस्सीजस्तै...
कविताले नेरुदाको एन अड टु टोम्याटो-को याद दिलायो...
भाइ तिम्रो कविता-यात्रा यो कवितामा आइपुगेर प्रतिबद्ध भइसकेको छ...इन्फ्याचुएशन मात्र रहेन अब...
जारी रहोस्...
शुभम्

Anonymous said...

Nice kabita