Friday, January 14, 2011

मंसीरमा सिक्किम

खेतको कान्ला- कान्लामा
धानका बालाहरु झुलीरहेका छन् ।
आली आलीमा भने
दालका कोसा कोसा
ग्रिनेट झैं फुट्नलाई आतुर छन्।

मंसीरमा सिक्किम
टाढा सहरमा बसेका महाजनलाई
एल सी सी एन कुकुरलाई मासुको गन्ध आए झैं
बास्न आउन थाल्छ धानको
साउती गर्न थाल्छ
धानका बालालाई
अनि
आईपुग्छन् ठूलो मने बोरा बोकी
कुत बटुल्न ।
वर्षाभरीको पसिना
यौवनभरीको सपना
बोरामा लात्तीले खादी-खादी लान्छन्
टाढो सहरमा ।

न्वागी नै खान नपाई
ठेलासरीको हलीको हत्केलाले
भरीलो भरीलो धानको बालालाई
स्पर्शगर्न नपाई
गुटमुट्याउँछन् महाजनले।

मंसीमा सिक्किम
घमाईलो दिनमा पनि
हली दाजु भने न्यास्रो अनुहार लिएर पर्खीरहन्छ
अलिकता बिउ जोगाड गरी
आउने बर्खालाई ।।