Monday, October 18, 2010


एक  शोकगीत


यो  आस्थाको  पहाड़
भत्काइ कस्तरी तिमी अल्पियौं ?
फेरि कहिन्यै नफर्किने गरी
तिमी  कुन शून्याकासमा हरायौ ।
म त तिमीलाई खोजी रहन्छु सधैँ
मनको  वल्लो पाखा
पल्लो  पाखामा।

मृत्युको  बेडमा
जिजीविषाहरूलाई अङ्गाली
मृत्युसँग लड़्दै  थियो ।
 जीवनको  अवरोह  आवरोह
गरिरहन्थ्यो समयको  तोलासँग।

आहा! मृत्यु पनि कति चाम्रो।

तिमी सुटुक्क हराउनु पनि
मानेको  पातमा  पानी   हराए झैं भयो ।
मलाई विश्वास हुँदैन
नहुनु  तिमीमा।

कहिले काही   एकान्तमा
तिमीले साउती  गरे जस्तै लाग्छ।
तिम्रो  जिन्दगीको  कोरसहरू
यही   कलेवरको  पाखा- पखेरूमा
गुन्जे जस्तै लाग्छ।

मर्नु भनेको
यौटा ठूलो  हल्लासाथ
कहाँ  हुँदोरहेछ।
सनसनी   न्युजको  हेडलाइन झैं।
कुनै ठूलो सहरमा बमब्लास्ट भए झैं।
तर बेखबर
नितान्त  बेखबर
सुटुक्क जानु पर्दोरहेछ।
मृत्युको  वेडमा  लमतन्न।

खै!  मलाई विश्वास हुँदैन
तिमी  कस्तरी  बिलाउन सकेको
त्यो   खरीको  रूखमुनि।
जल्दै- जल्दै शून्य आकासमा।
म खोजी  रहन्छु
रित्तो आकासमा  तिमीलाई
बादलहरूको  कछारमा।।


16/02/2004.





1 comment:

Rupesh Rai said...

चोर बन्न पर्छ कोहीबेला तर राम्रो कामको लागि। आज यस्तै म पनि कार्यालयमा केही समय चोरी निर्वान डुल्न पुगेँ। आदत बसेछ निर्वाका फसलहरूमा स्वाद लिने। हो पनि किन नहोस मलाई मन पर्ने कुरा तपाईँ गर्नु हुन्छ भने। यस्तै 'कालबोध'मा उताउलिन्छु पनि।
धेरै दिन भएको थियो, ब्लागहरूमा आँखा नपुऱ्याएको पनि। आज तर स्वाद पाएँ तपाईँको उप्जनी कविता खेतिमा।